सन्तोष कुमार बास्तोला

बिहिबार, बैशाख १५, २०७९ || 1047  पटक पढिएको

रंगेली। मोरंगको रंगेली नगरपालिका वडा न -७ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका बीरेन्द्रकुमार साहलाई जनसमर्थन बढ्दै गएको छ।

नेपाली काङ्ग्रेस क्षेत्र न -५ का क्षेत्रिय सचिव समेत रहेका साह सामाजिक क्षेत्रमा निकै नै सक्रिय छन्। साहलाइ अन्य दलका सक्रिय सदस्य एवं स्थानिय नेताहरुले समेत समर्थन गर्दै आईरहेको छ र यो क्रम बढ्दै गएको साहले हिपमत डटकमलाई बताएका छन्।
२०५२ सालदेखि नै नेबि संघमा सक्रिय रहेका साह त्यस बखत स्कुल एकाई सभापति भएर काम गरे। २०५६ सालमा क्याम्पस एकाई सभापतिको रुपमा काम गरे उनि नेबि संघ क्षेत्र न -१ र ४ को सभापति भएर उनले ३ कार्यकाल काम समेत काम गरे। साह नेबि संघ मोरंगको जिल्ला सदस्यका रुपमा पनि उनले बिधार्थीहरुको हक हितकोलागि आवाज उठाउदै सक्रियताका साथ पार्टीमा समेत काम गर। हरेक निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन उनि दिनरात एक गरेर मिहनेत गर्थे। साहको त्यहि मिहनेत र लगनशीलतालाई हेरेर यस पटक साहलाई वडा अध्यक्षको टिकट दिएको नेताहरुले बताए। साह पार्तिसंगे सामाजिक क्षेत्रमा पनि निकै नै सक्रिय छन्।

साहले २३ बर्षको उमेरमा नै स्कुलको स्थापना गराउन सहयोग गरेर अभिजित दत्त आधारभुत बिधालय रङेली ७ को सस्थापक बिधालय व्यवस्थापन समितिका अध्यक्ष समेत भएर काम गरे। उनि हाल पनि स्कुल व्यवस्थापन समितिको अध्यक्ष भएर नै काम गरिरहेका छन्। स्कुलमा अध्ययन गर्ने गरिब परिवारका बिधार्थिहरुलाई साहले शैक्षिक सामाग्रीहरु समेत सहयोग गर्दै आईरहेका छन्। उनि रंगीली -७ मै रहेको बजरङबलि मन्दिर समितिको सस्थापक अध्यक्ष भएर काम गरेका छन्। युवादेखि लिएर सबै उमेर समुहका व्यक्तिहरु माझ प्रिय छन् यस कारण पनि यस पटक को स्थानिय निर्वाचनमा साहको पल्ला भारि रहेको स्थानियहरुले विश्लेषण गर्न थालेका छन्।

म जनताको सेवा गर्न राजनीतिमा आएको हु मेरो कुनै ब्यक्तिगत स्वार्थले राजनीतिमा आएको होईन। देश र जनताको सेवा गर्ने रहर सानै उमेरदेखि थियो साहले बताए। सामाजिक कार्य गर्दै आफ्नो रहर पुरा गर्दै थिए तर रंगेली -७ मा जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले नगरेपछि मैले उम्मेदवारी दिएको छु । केहि सुधार अवश्य गर्ने छु, यो मेरो प्रण हो साहले भाबुक हुदै भने।

साहले आफ्नो उम्मेदवारी किन र के छ तपाईको योजना भन्ने सवालमा यसरि आफ्नो योजनाहरु सुनाए

साहले भने म यस वडामा निर्वाचित भएर आएपछि सुरुमा यस वडाभित्र रहेको सम्पुर्ण सामुदायिक बिधालयहरुको गुणस्तर बढाउने कामहरु गर्छु । यस वडाका जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नकोलागि वडाको तर्फबाट मद्दत गर्छु । युवा साथिहरुकोलागि आईडिया बैकको स्थापना गर्दै युवा साथिहरुलाई स्वरोगजार बनाउन हरेक प्रकारको कार्यक्रमहरु यस वडामा गर्छु । यसै वडामा युवाहरुलाई सरकारि जागिरमा प्रवेश गराउनकोलागि लोकसेवाको कक्षाहरु निशुल्क रुपमा लिनकोलागि एउटा सेन्टर स्थापना गर्छु ।

यस वडाम भएको हरेक क्षेत्रको प्रतिभाहरु जस्तै गायक ,गीतकार ,खेलाडी मुर्तिकार लगायतका प्रतिभाहरुलाई अगाडि बढाउन आर्थिक साहायता तथा सहयोग तथा प्रोत्साहन गर्ने छु ।

यस वडामा रहनु भएका किसान आमाबुवा दाजुभाई दिदिबहिनीहरुलाई सस्तो दरमा बिउ बिजन उपलब्ध गराउने ,समयमा मल उपलब्ध गराउने छु साथै उन्नत तरिकाले खेति गर्नकोलागि बिभिन्न एक्सपटहरुलाई राखेर एउटा हेल्प सेन्टरको स्थापना गराउछु र बेला बेला तालिम प्रशिक्षण दिलाऊछु र कृषि क्षेत्रमा थप अनुदान दिएर किसानहरुलाई सहायता गर्छु ।

-यस वडामा रहेको जिल्ला अस्पतालको स्तर उन्नति तथा जनताहरुलाई सहज रुपमा स्वास्थ्य सेवाहरु निशुल्क लिनकोलागि सहजीकरण गर्नुका साथै अस्पतालमा सेवाहरु थप गराउन पहल गर्ने छु ।

-यस वडामा रहनु भएका आमा दिदिहरुलाई सिप मुकल तालिमहरु दिएर उहाँहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने योजनाहरु ल्याउने छु ।

-यस वडामा रहनु भएका वृद्ध आमाबुवाहरुकोलागि टोलटोलमा मिलन केन्द्रको स्थापना गर्ने छु । उहाँहरुको आत्मबल बढाउने खालाको कार्यक्रम उहाँहरुकै सल्लाहमा ल्याउने छु । उहाँहरुको वृद्ध भत्ता घर घरमा नै पुर्याईदिने ब्यवस्था गर्न वडामा एउटा हेल्प सेन्टर निर्माण गर्ने छु । साथै बर्षको दुई पटक उहाँहरुलाई सम्मानको कार्यक्रमहरु गर्ने छु ।

-यस वडामा बाटो पुल लगायतको भौतिक पुर्वाधार निर्माण गर्ने छु र प्रदेश एवम सघिय सरकारसंग आवस्यक रहेको भौतिक पुर्वाधार निर्माण गर्न पहल गर्ने छु ।

-यस वडामा रहेको हरेक धर्मको मठमन्दिर मस्जित निर्माण एवम निर्माण भएको संरचनाको संरक्षण गर्ने छु । सबैको आत्म सम्मान बढ्ने खालको काम गर्ने छु हरेक टोल टोलमा सुझाक पेटिका राख्ने छु र यस वडाको जनताको सुझाव सल्लाह अनुसार नै वडाको बार्षिक कार्य योजना निर्माण काम गर्ने छु ।

-यस वडामा रहनु भएका ब्यापारीहरुलाई संगठित गर्न ब्यापार संघको स्थापना गर्ने छु। खालि सनगतह्न बनाउने मात्र होईन ससक्त भएर उहाहरुको हितमा पनि विभिन्न कार्यक्रम ल्याउने छु।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!