
धरान, १५ बैशाख। आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं –१९ निवासी पदम इस्वो( लिम्वू)लाई उप मेयरको उम्मेद्धवार वनाएको छ ।

उनको राजनीतिक क्षेत्रमा लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावानाले क्रियासील रहने नेताको रुपमा परिचित छन् । पद र शतिm भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता वोकेका इस्वालाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । ।२०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह– संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उप मेयरको लागि उम्मेद्धवार पाएसँगै उनको चर्चा अझै चुलिएको छ ।
पार्टीमा योगदान मात्र होइन धरानलाई आधुनिक शहर जन सहभागितको शहर बनाउन उनको पनि जग जाहेरै छ ।तत्कालिन धरान नगरपालिकाका मेयर मनोज मेयाङ्वोको कार्यकालसँगै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी जन निर्वाचित १९ नं. वडाको वडाध्यक्ष समेत भए । जनसहभागिताको शहर बनाउन मेयरलाई सहयोग गर्ने मुख्य मान्छे तीनै पदम थिए । नगरको विकासमा जनताको प्रत्यक्षा सहभागिता हुनु पर्छ भनेर धरानले त्यस वेला अभियान चलाएको थियो । त्यस अभियानमा पदम लिम्बु पनि सामेल थिए । मेयर मेन्याङ्वो तथा लिम्बु लगायतको जोडवलमा धरानमा स्थानीयको सहभागितामा चिल्ला सडकहरु बनेका थिए । धरानलाई आधुनिक शहर वनाउने अविचिलत तत्कालिन धरान नगरका पुर्व वडाध्यक्ष समेत हुन् ।उनी वडाध्यक्ष भएको कार्यकाल अवधिमा नै वडा नम्बर १९ का वासिन्दाले चिल्ला सडक आफ्नै घर अगाडि पाए । जुन वडा अहिले नमुना वडाको रुपमा रहेको छ ।
युवा संघको केन्द्रिय नेतृत्व सम्म
तेह्रथुम जिल्लाको आठराई गाउपालिका (साविक चुहाँनडाँडा गाविस ) मा २०४० सालदेखि राजनीतिक जीवन यात्रा शुरु गरेका हुन् । तेह्रथुमकै सारदा माविमा अध्ययन गर्ने क्रममा अनेरास्ववियूबाटै इस्वोको राजनीतिक जीवन यात्रा शुरु भएको हो । विद्यार्थी कालदेखि नै विद्यार्थीहरुको हक हित र अधिकारको आवाजलाई वुलन्द गर्दै अघि वढेका उनी विसं २०४२ सालमा महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गर्ने सिलसिलमा धरान आएका थिए । क्याम्पसमा पनि अध्ययनका साथै अनेरास्ववियू सह प्रारम्भिक कमिटीमा आवद्ध रहेर नै राजनीतिक यात्रालाई थप अघि वढाए । तेह्रथुमबाट धरान आएर अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि संगठित गरेका थिए ।
विसं २०४६ सालमा अनेरास्ववियू तेह्रथुम धरान सम्पर्क मञ्चको उपाध्यक्ष भएर विद्यार्थीकै हक हितमा काम गरेका थिए । राजनीतिमा नेकपा एमालेको प्ररायु संघ ( राष्ट्रि युवा संघ ) सुनसरीको २ कार्यकाल अध्यक्ष भएर नेतृत् व गर्ने क्रममा जिल्ला संगठनलाई नेपालकै उत्कृष्ट जिल्ला वनाउन सफल भए । तदाअनुरुप सर्वोत्कृष्ट जिल्ला २०६१ मा सुनसरीको संगठनले ११ हजार नगद सहित सम्मानित भएको थियो । युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य एवम् कोशी अन्चल इन्चार्ज , युथ फोर्स नेपालको पूर्वाञ्चल सह– संयोजक भएर राजनीति क्षेत्रको उचाईमा युवाहरु माझ आफुलाई थप स्थापित गराउँदै लगे । त्यसैगरि युवा किसान महासंघको केन्द्रिय उपाध्यक्ष , किसान महासंघको राष्ट्रिय सदस्य र सुनसरी इन्चार्ज रहेर युवा किसानहरुको नेतृत्व गरेका छन् । उनी यति बेला पनि युवाहरु माझ लोप्रिय छन् । उनी २०४६ सालको जन आन्