हिपमत डटकम

बुधबार, बैशाख १४, २०७९ || 708  पटक पढिएको

विराटनगर, १४ वैशाख। नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । २०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधिश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए ।

 

खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।

अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरुले आफ्नो राजनीतिक यात्रा नेकपा विप्लप समूहमै रहेर निरन्तर गर्ने बताएका छन् । ‘हामी राजनीतिक प्राणी हौं, त्यही पार्टीको नामबाट हामीलाई पक्राउ गरी अढाई वर्ष जेलमा राखियो, अहिले त्यो पार्टी छोडिँदैन, राजनीतिक काममा लाग्छौं,’ खतिवडाले भने ।

खतिवडा बुढीगंगा ४ का लोकप्रिय र बौद्धिक युवा नेता मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!