हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 935  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिका वडा नंं. १० को अध्यक्ष पदका लागि जसपा बाट रामचन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमवार उनी सहित चार जना वडा सदस्यले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । रामचन्द्र जनता समाजवादी पार्टी नेपाल (जसपा) विराटनगरका नगर सचिव एवं वडा नं. १० का अध्यक्ष पनि हुन् ।

वडा अध्यक्षमा रामचन्द्र लगायत वडा सदस्यहरुमा क्रमसः मनोहर प्रसाद रौनियार, विकास कुमार राय, महिला सदस्य मंजु मण्डल, दलित सदस्य रुकमणी मोची लाई वडा कमिटिको बैठक बाट निर्विरोध सर्वंसम्मतिले सिफारिस गरिएको थियो । वडा नं. १० लगायत महानगर कमिटिमा समेत पार्टीको लागि कुशल नेतृत्व निर्वहण गर्दै आएका रामचन्द्र समाज सेवामा समेत सकृय रहेका छन् ।

उनी कोरोना कालको लकडाउनमा बिपन्न तथा दैनिक ज्यालादारी गरी जीवन निर्बाह गरिरहेका परिवार लाई खाद्यान्न वितरण, जाडोमा न्यानो कपडा, स्वास्थ्य उपचार लगायत अन्य समस्यामा रहेका वडाबासीहरुलाई सेवा सहयोग गर्दै आएका छन् । रामचन्द्रले आफु अध्यक्षमा निर्वातिच भए वडा नं. १० लाई विराटनगरकै नमुना वडाको रुपमा विकसित गर्ने प्रतिबद्धता लिएको हिपमतकर्मीलाई बताए ।

उनले भने “ शिक्षा, स्वास्थ्य, सुरक्षा, सरसफाई तथा ढलनिकास, स्वस्थ्य खानेपानी, सौन्दर्यीकरण तथा हरित वडा निर्माण, सार्वजनिक सौंचालय, स्वरोजगार, महिला सशक्तिकरण जस्ता कार्यलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौ । त्यस्तै जेष्ठ नागरिकहरुको लागि सुविधा सम्पन्न व्यवस्थित बृद्धा चिन्तन चौतारी र समयानुकुल उद्ययान(पार्क) निमार्ण गर्नु पनि हाम्रो योजनामा रहेको छ । यसका अतिरिक्त वडा भित्रका हरेक टोलहरुमा भेला बसी त्यहाँका समसामयिक समस्या, आवश्यक विकास तथा सामुहिक हितका कार्यहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।”

वडा नं. १० मा वडा अध्यक्ष पदका लागि काँग्रेस बाट संतोष ढुँगाना, एमाले बाट अर्जुन गिरी, नेकपा माओबादी केन्द्र बाट सरिता देवी राय र अन्य दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!