हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 561  पटक पढिएको

काठमाडौं। नायक आकाश श्रेष्ठ र कविता बिस्ट अभिनित ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा
गायक लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको छ। डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे ( अनुपम )को शब्द, संगीत रहेको छ। यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ। भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो। जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!