
बैशाख १३, मंगलबार। स्थानीय तहको निर्वाचन अन्तर्गत रंगेली नगरपालिकाकाे बडा नम्बर ७ मा सन्जिव श्रेष्ठ निर्मलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली काङ्ग्रेस रंगेली नगर का उपाध्यक्ष समेत रहेका श्रेष्ठ नगर अधिवेशनमा मतदान प्रकृियाबाट उनी बिजय भए र नगर उपाध्यक्ष समेत रहेका श्रेष्ठले आफुलाई केन्द्र देखि जिल्ला सम्मका नेता तथा कार्यकर्ताहरुले ११ गतेसम्म निजलाई नै टिकटका लागि लबिङ गरेकाे र श्रेष्ठलाई वाडा अध्याक्ष बनाउन का लागि टिकट दिने भएको थियो ।
नेपाली काङ्ग्रेसको कार्यकर्ताहरुले नेताहरुकाे चाकडी र झाेला बाेकेकै कारण पाटिमा कुनै पनि याेगदान समेत नगरेको कार्यकर्तालाई टिकट दिएको आराेप समेत लगाएका छन् । वाडा अध्याक्षमा उम्मेदवारी दिएका श्रेष्ठले आफूलाई बडा बासिन्दाले राम्रो मत दिने र राम्रो प्राप्त गर्ने विश्वास रहेको बताए ।
आफू वाडा अध्याक्षमा निर्वाचित भए आफुले पाउने सेवा सुविधा गरिव र अतिविपन्न परिवारकाे लागि सहयोग गर्ने समेत बताए ।