बुधबार, फाल्गुण १४, २०७६ || 1234  पटक पढिएको

नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन् । त्यसनिम्ति सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन् । बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ । प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!