हिपमत डटकम

सोमबार, बैशाख १२, २०७९ || 663  पटक पढिएको

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ ।

जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ ।

पार्टीले प्रमुखमा विर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट केशव पाण्डे र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार चयन गरिएको नेपाली कांग्रेसका प्रदेश सचिव कृष्ण हुमागाईंले बताउनुभयो । सबै पालिका उपप्रमुख नेकपा ९माओवादी केन्द्र०ले पाएको छ । माओवादीले हालसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको सचिव हुमागार्इंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!