बीरेन्द्रकुमार साह

आइतबार, बैशाख ११, २०७९ || 934  पटक पढिएको

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिराटनगर महानगरपालिकाको मेयर पदमा पार्टीका केन्दिय महामन्त्री प्रल्हादप्रसाद साहले उम्मेदवारी दिने भएका छन्। साह बिराटनगरका पुर्व मेयर समेत हुन्। ‘फाइनल नाम वहाँ कै हो । कार्यकर्ताको दवाव र इच्छा अनुसार साहलाई नै मेयरको उम्मेदवार बनाउँदै छौ ।’ प्रवक्तामोहन श्रेष्ठले बताए।

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेरराष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका दिलीप धाडेवा यस अघि मेयर पदको उम्मेदवार हुने ब्यापक चर्चा थियो बिराटनगरमा तर अन्तिम समयमा केन्दिय समितिले साहको नाममा मोहर लगाएको छ। पार्टीले साहको नाममा मोहर लगाए पनि जनताले साहलाई कत्तिको न्याय गर्छ त्यो हेर्न बाँकी नै छ।

साह यस अघि पनि बिराटनगर महानगर पालिकाको मेयर पदमा पराजय भोगेका थिए। यस पटक आफुहरुले स्थानिय निर्वाचनको लागि ब्यापक तयारि गरेको र जनताको डिमाण्ड नै राष्ट्रिय प्रजातन्त्र पार्टी भएकोले नतिजा पहिले भन्दा फरक आउने मेयरका उम्मेदवार प्रल्हादप्रसाद साहले हिपमत डटकमलाई बताएका छन्।

,

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!