हिपमत डटकम

आइतबार, बैशाख ११, २०७९ || 607  पटक पढिएको

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् ।

प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।

कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए ।

कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापाको मेचीनगर नगरपालिकामा उठ्ने छन। उनीहरूलाई एमालेले टिकट दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!