हिपमत डटकम

शनिबार, बैशाख १०, २०७९ || 703  पटक पढिएको

जनता समाजवादी पार्टी विराटनगरका नेता उमेश यादवले पार्टी त्यागेको घोषणा गरेका छन्।

महानगरको मेयरमा दाबी गरिरहेका यादवले गठबन्धनको नाममा पार्टीले अन्याय गरेको भन्दै पार्टी त्यागेको बताएका छन्।

‘विराटनगरमा गठबन्धन जरूरी थिएन’, शनिबार पत्रकारहरूसँग उनले भने, ‘तर, गठबन्धन गर्ने निर्णय गलत भयो। यही कारणले मैले पार्टी त्यागेर स्वतन्त्र बस्ने निर्णय गरेको हुँ।’

आफ्ना समर्थकसहित पत्रकार सम्मेलनमा उपस्थित यादवले मेयरमा उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिई नसकेको बताए।

२०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए। उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए। उनले अब स्वतन्त्र रहने कि कुनै दलमा जाने सोचिनसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!