हिपमत डटकम

शनिबार, बैशाख १०, २०७९ || 834  पटक पढिएको

काठमाडौं । गीतकार बाबुराम गौतमको शब्द तथा अहिलेका व्यस्त संगीतकार प्रमोद पन्तको संगीतमा म कति रुनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नारायण दंगालको एरेञ्ज तथा सारदा रसाइली र सन्दिप परियारको मार्मिक स्वर रहेको गीतको भिडियो पीपीएम क्रियसन नामको युट्युव मार्फत सार्वजनिक भएको हो ।

प्रेमी प्रेमिकाबीचको सानो भ्रमले दुवै जनालाई कतिसम्म तड्पाउँछ भन्ने देखाउन खोजिएको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाले विछोडिएका प्रेमी प्रेमिकाको रुपमा अभिनय गरेका छन् । मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोमा विपीन चौलागाईंको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।

यस गीतका गीतकार बाबुराम गौतम टोखा नगर शिक्षा प्रमुख समेत हुन् भने युवा सङ्गीतकार प्रमोद पन्त पनि शिक्षक हुन् । गीतकारको भावनाले लेखिएका शब्दमा मौलिक लय निकाल्न सिपालु पन्तले सबै विधाका गीतहरुमा संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!