हिपमत डटकम

शुक्रबार, बैशाख ०९, २०७९ || 544  पटक पढिएको

सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ ।

यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ ।

परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

‘मन्त्र’ मौलिक नेपाली चलचित्र बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!