सिरहा,बैशाख ८ गते । कल्याणपुर नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट लोकप्रिय,जुझारू,कर्मठ, जननेता यूवा नेता प्रदिप साहको सर्वत्र चर्चा चर्चा भईरहेको छ । यही बैशाख ३० गते हुन लागेकोे स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालको कल्याणपुर नगरपालिकाको विभिन्न वडा÷टोलहरुबाट सिफारिस गर्दै अग्रिम बधाई पनि दिने गरेको जसपाका स्थानीय नेता कार्यकर्ताहरुले बताएका छन् ।

उनले भने चुनावमा आफू मेयर बन्न सफल भएमा कल्याणपुर नगरपालिकालाई कमिसन मुक्त बनाउने प्रतिबद्धता गरेका छन् पछिल्लो समयको राजनीतिक अवस्था जन समुदायको लागि निन्दनीय रहेको बताउँदै उनले जबसम्म भ्रष्टाचार तथा कमिसनको प्रवृत्ति रहन्छ तर तबसम्म यो समुदायमा विकासको सम्भावना पटक्कै नरहेको बताएका छन् ।

आउँदो वैशाख ३० गतेको चुनावमा मेयर बन्न सफल भएमा एउटा असल प्रतिनिधिको कर्तव्य निर्वाह गर्नेछु । उनले भने, “अब एउटा युवा नेतालाई जनसमुदायले मौका दिनुपर्छ पुराना व्यक्तिहरू र पहिलाको नराम्रा प्रवृत्तिहरू समाजबाट हटाउनु एकदमै जरुरी रहेको छ । गैरजिम्मेवार होइन म विकास चुनौती र अवसरलाई मध्यनजर गरी कल्याणपुर नगरपालिकामा कसैले गर्न नसकेको कार्य गरेर देखाउने छु ।“उनले राजनीतिमा आजको आवश्यकता सक्षम, शिक्षित र युवावर्गको रहेको औल्याएका छन् साथै उनले युवावर्गलाई समय र अवसर दिएमा मात्र समृद्ध समाजको निर्माण हुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!