हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 607  पटक पढिएको

भारतको मुम्मईलाई सिने नगरी भनिन्छ । सेनेमाको निर्माणमा मुम्मई अब्बल मानिन्छ । मुम्मईले कलकत्तामा रहेको फिल्मी नगरीलाई आफुतिर ल्यायो । सतयजित रे जस्ता कलकत्ताका चर्चित निर्देशकहरू ‘सतरंज की खेलाडी’ बनाउन मुम्मई पुगेका थिए ।

कोलाकातासित खोसेको सेनेमाको विरासत मुम्मईका लागि खतरनाक देखिएको छ यतिबेला । दक्षिण भारतका सेनेमाले यतिबेला मुम्मईलाई कमजोर बनाइरहेको देखिन्छ । भारत र, नेपालमात्र होइन हिन्दी भाषा बुझ्ने करोडौं दर्शकलाई तानेको छ ।
मुम्मईले आफ्ना धेरै सफल सेनेमा दक्षिण भारतबाटै कपी गरेको देखिन्छ । दक्षिण भारतबाट कपी गरिएका धेरै हिन्दी सेनेमाले अपेक्षाकृत राम्रै व्यवसाय गरेका छन् । मुम्मई लगभग दक्षिण भारतको छत्रछायाँमा लमतन्न परेजस्तै देखिन्छ ।

पहिले दक्षिण भारतको सेनेमा भनेपछि निश्चित क्षेत्रका लागि हुन्थ्यो । अहिले हिन्दीमा डब गरेर रिलिज गरिन्छ । हिन्दी सेनेमा देखाइरहने जी सेनेमामा अधिकांश साउथका फिल्म आउँछन् । मुम्मईका एक से एक दिग्गज कलाकार साउथको फिल्म खेल्न चाहन्छन् ।
साउथका कलाकारहरू यतिबेला सबैका प्रिय हुन थालेका छन् । सुन खानीको कथामा बनेको केजीएफ–२ का नायक यसलाई नै हेर्नुहोस् उनी हिरोजस्ता पनि लाग्दैनन् । झुप्प दाह्री पालेका उनी मुम्मई फर्मुलाका फिल्ममा कोरस नृत्यमा देखिने सामान्य कलाकार जस्तै लाग्छन् । तर, उनी जमेका छन् । संजय दत्त र रविना टण्डन सहायक भूमिकामा राखेर दक्षिण भारतले फिल्म दिएको छ ।

मुम्मईमा हिरो संजय दत्त साउथको सेनेमामा भिलेन र डरलाग्दो पात्रका रुपमा देखिएका छन् । मुम्मईका चलतीका हिरो अजय देवगड आरआरआर मा सहायक भूमिकामा देखिन्छन् ।
पछिल्लो समय साउथ (दक्षिण भारत) ले मुम्मईलाई कडा चुनौति दिएको छ । मुम्मई फर्मुला सकिएको हो कि भन्ने लाग्छ अब । मुम्मईका मूलधारका सेनेमा चल्न छाडेका छन् । साउथ शैलीलाई दर्शकले रुचाउन थालेका छन् ।

बाहुबली नामका दुई शृङ्खलाले रेकर्डधारी कमाई ग¥यो । दर्शकको चाहनाअनुसार मोटो रकम खर्च गरेर सेट तयार गर्नु, लगानीका लागि नडराउनु दक्षिण भारतको फिल्म चल्ने आधार हो । केजीएफ १ र २ ले धमाकेदार व्यवसाय जारी राखेको छ । यो सेनेमामा निर्माण पक्षले लगानी गर्न, पैसा खन्याउन डराएको छैन । आरआरआरले पनि दर्शकलाई हलसम्म ल्यायो ।

‘पुष्पा’ ले पनि कोरोनाकालमा धेरै आकर्षक व्यवसाय ग¥यो । दर्शकले पुष्पालाई निकै रुचाए । नेपालको एउटा सानो बच्चोले समेत पुष्पाको डायलग भनेको सुनियो । रक्तचन्दनको कथालाई पुष्पाले अघि सारेको छ । दक्षिण भारतको धुनहरू पनि दर्शकका लागि फरक लागेका छन् । माया, प्रेमभन्दा बाहिर गएर गीत तयार गर्न थालिएको छ । कथामा नौलोपन छ । साउथले कथामा धेरै मेहनत गरेको देखिन्छ ।
मुम्मईले पुरानै शैलीलाई पस्कँदा दर्शक वाक्क भए । एउटै फर्मुला र ट्रयाकका सेनेमा बने । दर्शक नयाँपन खोजिरहेका थिए । अब माया र प्रेमका सामान्य कथाले दर्शकलाई हलसम्म लान सक्दैन ।

नेपालका एक ताका राजेश हमाल शैली निकै चल्यो । राजेश हमाल शैलीका सेनेमाले विस्तारै दर्शक वाक्क भए । उनीहरूले परिवर्तन खोजेका थिए । ‘लुट’ सेनेमा आयो र, छक्कापंजा ब्राण्डका सेनेमाले दर्शलाई आकर्षित ग¥यो । हिरो हुन राजेश हमालको उँचाई, आकार र प्रकार चाहिन्न । दीपकराज गिरी, दयाहाङ राईजस्ता सामान्य व्यक्ति पनि हिरोका रुपमा दर्शकमाझ लोकप्रिय हुनसक्छन् भन्ने देखायो ।
एकपटक मुम्मईले आफुलाई समिक्षा गर्नुपर्ने देखिएको छ । मुम्मई फर्मुला किन असफल भयो ? साउथ किन बलियो भयो ? यसबारे मुम्मईका फिल्मी पण्डितहरूले जमेर छलफल गर्नुपर्ने देखिन्छ । नेपालजस्तो हिन्दी फिल्म रुचाइने दर्शकका लागि दक्षिण भारतको सेनेमा प्रिय लागेको विषयलाई पक्कै पनि बहसको विषय बनाउनुपर्ने हुन्छ मुम्मईबालाले ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!