
बिराटनगर। सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरुका बिच कुन जिल्लामा कुन गाउँपालिका र कुन नगरपनलिका कस्को भागमा पर्ने भन्ने बहस चल्दै गर्दा नेपाली कांग्रेस मोरगंले मोरगं जिल्लमा भाग भन्डा सम्बन्धी छलफललाई आज अन्तिम मोड दिदै छन्। गठबन्धन दलका पार्टी प्रतिनिधिबीच बिराटनगरमा अहिले घनिभूत छलफल चल्दै गरेको खबर हिपमत मिडियाले प्राप्त गरेको छ।

जिल्लामा रहेको १७ वटा स्थानिय तहमा नेपाली कांग्रेस मोरगंले प्रमुखमा माओवादी केन्द्रलाई २, एकीकृत समाजवादीलाई २ र जनता समाजवादी पार्टीलाई १ स्थानिय तह दिने र आफुहरुले १२ वटा स्थानिय तह राख्ने रणनीति बनाएको छ ।
हाम्रो सुत्रका अनुसार माओवादीलाई बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिका सहीत ३ उप-प्रमुख, एकीकृत समाजवादीलाई पथरीश्निचरे नगरपालिका र मिक्लाजुङ गाउँपालिका सहित ३ उप-प्रमुख र जनता समाजवादी पार्टीलाई जहदा गाउँपालिका सहित ३ उप-प्रमुख दिने दाउमा नेपाली काङ्ग्रेस मोरंग रहेको कांग्रेसका नेताहरुले बताएका छन्। यसै बिषयमा अहिले गठबन्धनका दलहरुमा तानातान चलिरहेको छ।
यसअघि मोरगं जिल्ला भरीमा रहेका १७ स्थानिय तहहरु मध्ये नेपाली कांग्रेसले बिराटनगर महानगरपालिका, उर्लावारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, धनपालथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, रंगेली नगरपालिकामा दाबी गरेका थिए ।
त्यसैगरी जनता समाजवादी पार्टी मोरगंले जहदा गाउँपालिका, धनपालथान गाउँपालिका, सुनवर्षी नगरपालिका र बिराटनगर महानगरपालिका उपमेयरमा , माओवादी केन्द्रले बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका र रंगेली नगरपालिका दावी गदै आईरहेको थियो ।
त्यसैगरी एकीकृत समाजवादीले पथरीशनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा दाबी गदै आईरहेको थियो ।
गठबन्धन गर्ने बिषय र कुन दललाई कुन पालिका दिने बिषयमा आज नै अन्तिम निर्णय आउने नेपाली काङ्ग्रेस मोरंग जिल्ला कार्यसमितिका उपसभापति भक्तिनाथ माझीले हिपमत डटकमलाई जानकारी दिएका छन्।