
जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी निकट महिला नेतृ रिंकु देवि ठाकुर जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन् ।
जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा जसपाका नेताहरुले धनौजी गापा वडा नं. १ लखौरि निवासी नेत्री ठाकुरलाई जसपामा स्वागत गरेको जसपाका नेता जितेन्द्र यादवले हिपमत डटकमलाई बताएका छन्।

धनौजी गापा वडा नं. ५ निर्वाचित वडा अध्यक्ष पंकज मण्ड्लको अध्यक्षता एवं बौद्धिक नेता युगलकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम मा केन्द्रिय सदस्य बेचन मुखिया, क्षेत्र नं. ३ का नेता जितेन्द्र यादव , संघिय परिषद सदस्य नवीन यादव सहितका नेताहरुको उपस्थिती रहेको थियो ।
जसपा नेपालले धनौजी गाउपालिकाको अध्यक्षमा शुभनारायण यादवको उम्मेदवारी घोषणा गरि सकेको अवस्थामा नेत्री ठाकुरको पार्टी प्रवेशलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।