सन्तोष कुमार बास्तोला

मंगलबार, बैशाख ०६, २०७९ || 972  पटक पढिएको

सुनवर्षी। स्थानिय निर्वाचन नजिकिदै गर्दा सुनवर्षी नगरपालिकामा फरक फरक पार्टीलाई धार बनाएर राजनीति गर्न्ने ब्यक्तिहरु यति बेला आफ्नो पार्टीले कसलाई टिकट दिन्छ,आफुले कसरि टिकट लिने भन्ने होड चलेको बेला सुनवर्षी नगरपालिका वडा नम्बर ५ का सामाजिक व्यक्तित्व युगेश्वर प्रसाद ठाकुरको नाम मावोवादी केन्द्रबाट वडा अध्यक्षको लागि सिफारिश भएको छ।

४ दशक भन्दा बढी समय देखि राजनीतिमा सकृय रहेका ठाकुर समाजसेवामा समेत संलङ्गगित छन्। २०७४ सालको स्थानिया निर्वाचनमा कांग्रेस संग झिनो मतान्तरले पराजित भएका ठाकुरलाई पार्टीले पुन:अवसर दिन लागेको हो। सुनवर्षी नगरपालिका भित्र हुने हरेक सामाजिक कार्यमा, बिकाश निर्माणका कार्यहरुमा अग्रसर रहने ठाकुर वडा नम्बर ५ मा सबैका प्रिय ब्यक्ति हुन्।

धार्मिक कार्यमा समेत सकृय रहने ठाकुर मठ,मन्दिर,मस्जिद आदि निर्माण हुदा समेत आफुले सक्न्ने आर्थिक सहयोग, बैचारिक सहित सबै किसिमका सहयोग गर्नबाट पछी हटदैन्न । आफुले पराजय भोगे पनि ठाकुरले ५ वर्षा सम्म वडा भित्र हुने गरेका हरेक विकाश निर्माणको काममा आफनो महत्व पूर्ण योगदान दिने गरेको र काम पारदर्शी भए नभएको विश्लेषण गर्न्ने र खराब काम भए जहिले पनि आवाज उठाउने गरेको स्थानिया बताउछन् । आफ्नो पार्टी प्रति पनि लगनशिल र इमान्दारी पूर्वक कार्य गर्दै आएका ठाकुरलाई पार्टीले टिकेट दिए ५ नम्बर वडामा सानदार जित हासिल गर्न्ने स्थानिया बासिन्दाको भनाइ छ।

युगेश्वर प्रसाद ठाकुरको राजनीतक यात्रा

युगेश्वर प्रसाद ठाकुर बिक्रम सम्बत २००७ सालमा मोरंग जिल्लाको साबिक टकुवा ८ मा जन्मेका हुन्। सानै बाट सामाजिक कार्यमा सरिक रहेका ठाकुर जिल्ला जनास्वस्थ्य कार्यालय मोरंगको कर्मचारीको रुपमा २२ वर्षा कम गर्दै राजनीतिकमा प्रवेश गरेका हुन्।

बिक्रम सम्बत २०२१ साल बाटै सकृय राजनीति गर्दै आएका ठाकुरले परिबर्तनका लागि मावोबादी केन्द्र रोजेको उनका छोरा कम्लेश्वर ठाकुरले हिपमत डटकम लाई बताए। बर्षाैबाट आफ्नो ठाउँ र समाजलाई नजिक बाट हेर्दै आएका ठाकुरले त्यहाँको समस्यालाई राम्रो संग बुझेको र समाधान गर्न सक्न्ने युगेश्वर प्रसाद ठाकुरको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!