हिपमत डटकम

मंगलबार, चैत्र २९, २०७८ || 437  पटक पढिएको

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा खुलेको नयाँ शक्ति पार्टी विघटन भएको छ।

भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी तत्कालीन समाजवादी फोरमसँग २०७६ वैशाखमा एकीकरण भई समाजवादी पार्टी भएको थियो। उक्त पार्टी पछि राजपासँग मिलेपछि जसपा बनेको थियो। भट्टराई अहिले जसपा संघीय परिषद अध्यक्ष छन्।

तर एकताका बेला असन्तुष्ट पक्षले नयाँ शक्तिलाई निरन्तरता दिँदै आएका थिए। रविकिरण हमालको नेतृत्वमा नयाँ शक्ति अस्तिस्वमा थियो।

‘हामीले नयाँ शक्ति पार्टीलाई विघटन गर्ने निर्णय गरेका छौं। मृत्यु भनेको पुनर्जन्म हो। हामी अझै बढी जिम्मेवारीपूर्वक, परिपक्कता र ऊर्जासहित राजनीतिमा उपस्थित हुनेछौं,’ रविकिरणले सोमबार पार्टी विघटन गरिएको भन्दै निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

२०७३ जेठ ३० मा दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए। त्यसबेला पार्टीमा देखिएको जनलहर, विश्वास र आवद्धतालाई बचाउन नसकिएको रविकिरणले स्वीकार गरेका छन्।

‘यसको प्रमुख जिम्मेवारी तत्कालीन संयोजक बाबुराम भट्टराईलाई केही अंश छाड्दै म स्वयम आफैँ लिन चाहन्छु,’ उनले भनेका छन्, ‘हाम्रा विचार आमनागरिकलाई बोध गराउन नसक्नु र तुरून्तै शक्ति आर्जन गर्ने अभिलाषा पाल्नु दुई कारणले हामीले नयाँ शक्तिलाई स्थापित गर्न सकेनौं।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!