हिपमत डटकम

सोमबार, चैत्र २८, २०७८ || 508  पटक पढिएको

बिराटनगर। धरान र उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपालआइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धि युवतीहरु ताज जित्ने होडमा छन्।

बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रसिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धिहरुबाट तेस्रो मिस उर्लाबारी २०२२ ,फर्स्ट रनर अप , सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट , मिस पर्सनालिटी ,मिस डिसिप्लिन ,मिस बेस्ट वाक ,मिस फ्रेन्डशिप ,मिस एथलेट ,मिस पब्लिक चोइस ,मिस फोटोजेनिक लगायतका सब टाइटल एवार्डहरु रहेका छन्। बिजेताले पचास हजार नगद , फर्स्ट रनर अपले तिस हजार नगद र सेकेन्ड रनर अपले बिस हजार नगद संगै बिभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।

मिस उर्लाबारीमा कुमकुम चौधरी , प्रमिषा धिमाल , विधा दाहाल , दिया दाहाल ,शाकिरा कार्की , सुष्मिता खत्री ,निहारिका भट्टराई , आस्था भट्टराई ,अभिशा रिमाल , अंकिता कटवाल ,ज्वाला लिम्बु , मनिषा थापा ,सोफिया लिम्बु , अंकिता बरुवाल ,नेलीना कट्टेल , चंचल शाह ,निशा धिमाल लगायतका प्रतिस्पर्धिहरु छन्।

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब ,उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ।
यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन्।

स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धिहरुलाई निशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजक जीवन चिमरिया बताऊँछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!