काठमाडौँ। आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । साझाले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नाराका साथ दुई जना महिला उमेदवार अघि सार्ने निर्णय सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

समीक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!