नौ महिनामा देशलाई कंगाल बनाए : केपी ओली

‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन्’

हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 452  पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नै जन्मिएको बताएका हुन् ।

‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । ‘नौ महिनामा देशलाई कंगाल बनाए’, ओलीले भने, ‘हामी अत्यन्तै विद्धान, साहसी र खोज अनुसन्धानकर्ता पुर्खाका सन्तान हौ’, ओलीको भनाइ छ ।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सहि सुझाव दिँदा गभर्नरको निलम्बन गरी सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप समेत लगाए । आफु सर्वनाश गर्ने, कमिसनखोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले सरकारको चर्को विरोध गरे ।

उनले अहिले अर्थमन्त्रालयमा अर्थशास्त्री नै नरहेको पनि बताए । उनले जनयुद्धका नाममा साम्प्रदायिक विद्वेष र पहिचानको राजनीतिका नाममा झगडा फैलाउनेहरूलाई जनताले असफल पारेको दावी समेत गरे । मधेस उल्टिएर एमाले भएको भन्दै पाँच दलीय गठबन्धनले समाजवादका नाममा लुटतन्त्र मच्चाउन लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!