हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 655  पटक पढिएको

काठमाडौं। नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ ।

नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए ।

सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दावी छ ।

मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक सस्था साहित्य सरोवर मिडिया प्रालीका कार्यक्रम संयोजक सन्तोष कटवालले बताए ।

अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए ।

अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ ।

आवदेन फारम बैशाख ३० गते सम्म फारम लिइने आयोजक ले बताएको छ ।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गित(तिज, दशैँ तिहार,होलि), भेग विशेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप÷आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक सस्थाले जनाएको छ ।

आवेदन फारम ९८५२०२२९१८, ९८५११३९७६६, ९८४११५१४०९ मार्फत प्राप्त गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!