हिपमत डटकम

सोमबार, चैत्र २१, २०७८ || 967  पटक पढिएको

काठमाडौं, २१ चैत्र ।प्रेमकथानक फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ आगामी शुक्रबार अर्थात् २५ चैत्रमा देशब्यापी प्रदर्शन हुने भएको छ । बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको सोमबार चलचित्र बिकास बोर्डमा प्रेसमिट गरि ट्रेलरका साथै ‘मुस्ताङको बजार’ बोलको गीत प्रदर्शन गरियो ।

राजेश पायल राई र मेलिना राईको स्वर, दीपक रमणको शब्द,संगीत रहेको गीतमा बुद्धि तामाङ,अञ्जली अधिकारी,राजाराम पौडेल,स्व.जयनन्द लामा,सुजन नेपाली,कविता पुरीलगायतका कलाकारलाई फिचर गरिएको छ । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीत खर्चिलो सेटमा खिचिएको छ ।

‘मैले आइ लभ यु भन्नै सकिनँ’ केही समयअघि निर्माण सम्पन्न भए तापनि बल्ल दर्शकमाझ ल्याउन लागीएको जानकारी दिदै निर्देशक बाबुले आफूहरुले युवापुस्ताको भावना बुझेर फिल्म निर्माण गरेको बताए । कार्यक्रममा ‘मैले आइ लभ यु भन्नै सकिनँ’ लाई गायिका तथा अभिनेत्री डोमा ह्याल्मो,द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ,अभिनेता,खेलाडी ज्ञानबहादुर जिम्बा तामाङ, फिल्म निर्देशक निमा लामा तामाङलगायतले सफलताको शुभकामना ब्यक्त गरेका थिए । शंकर कार्कीको कथा र कार्यकारी निर्माण रहेको फिल्मको निर्मातामा प्रेम श्रेष्ठ,सहनिर्मातामा भक्तबहादुर नेपाली र मेशरबहादुर नेपाली छन् । तारा शंकर फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा बुद्धि तामाङ,राजाराम पौडेल,जयनन्द लामा,सुरवीर पण्डित,अञ्जली अधिकारीका साथमा सुजन नेपाली,सुवास नेपाली,अनिषा सुनार,सुनील भुसाल, सुरज कार्की,लक्ष्मी भट्ट,दावा लामा,कविता पुरी,निरुता तामाङ,शितल खड्का,श्रुति मगर,सरस्वती तामाङ,इच्छा तामाङ,अर्जिता थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

वीर मास्टरको द्धन्द्ध निर्देशन रहेको फिल्म आशिष जिम्बा र सुशील डाँगीले खिचेका हुन् । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्मको मुख्य सहायक निर्देशक भोला (प्रनप) सुवेदी छन् । सिंगल रिलिज भएकाले पनि आफ्नो फिल्मले दर्शकको अधिक साथ पाउने बिश्वास निर्माण पक्षको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!