हिपमत डटकम

सोमबार, चैत्र २१, २०७८ || 574  पटक पढिएको

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।

नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको ठाँउमा आजको खेलमा सोमपाल कामी टिममा छन् । सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।

पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्र्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलीप नाथ, आदिल अन्सारी, रोहित कुमार पौड्याल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!