हिपमत डटकम

आइतबार, चैत्र २०, २०७८ || 595  पटक पढिएको

काठमाडौँ । गायक तथा संगीतकार सर्जु रंजितको सुमधुर स्वरमा रहेको ‘ मनको कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा सुनिता रंजितको शब्द रहेको छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। अमर चित्रकारले यस गीतको भिडियोलाई छायाँकन गरेका हुन्। भिडियोमा सुब्रिना चित्रकारको सम्पादन रहेको छ।

राजन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो। समिता रंजित श्रेष्ठ निर्मात्री रहेको यस भिडियोलाई हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गायक रंजितका यसअघि ‘तिम्रो नशालु हेराई, ‘राम कसम’ लगायत दर्जनौ म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्। भिडियोले दर्शक सोर्ताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

भिडियो लिंक:

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!