हिपमत डटकम

आइतबार, चैत्र २०, २०७८ || 569  पटक पढिएको

सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति रङ्गशाला आयोजना गरिने प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका आठ टोली सहभागी हुने जनाइएको छ ।

राष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित टोलीमा आयोजक संस्थाका साथै झापाको दमक फुटबल एकेडेमी, सुनसरीको इटहरी फुटबल क्लब, मोरङको डागिहाट फुटबल क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सिरहाको सहलेस फुटबल क्लब, महोत्तरीको एपिएफ फुटबल क्लब र सर्लाहीको बागमती युवा क्लबको सहभागिता रहने जिल्ला फुटबल सङ्घका महासचिव अमर खवासले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाखसहित ट्रफी प्रमाणपत्र र पदक प्रदान गरिने उनले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच, बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने जनाएको छ । सप्तरीको १ (क) बाट निर्वाचित सांसद सत्यनारायण मण्डलको संसदीय विकास कोष र स्थानीय दाताहरुको सहयोगमा प्रतियोगिता गर्न लागिएकोे जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!