भारतमा जारी १५ औं सिजनको आईपीएलमा गुजरात टाइटन्सले लगातार दोस्रो हात पारेको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै नवप्रवेशी गुजरातले लगातार दोस्रो जित हात पारेको हो । उसले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेटले हराएको थियो ।

दिल्लीले भने शीर्ष क्रमका ब्याटर नचल्दा पहिलो हार ब्यहोर्न पुग्यो । उसले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा गुजरातले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

उसका लागि ऋषभ पन्तले २९ बलमा सात चौकासहित ४३ रन बनाए पनि टिमलाई जित दिलाउन भने चुके । त्यस्तै, ललित यादव २५, रोभम्यान पावेल २०, मन्दीप सिंह १८ र पृथ्वी शा १० रनमा आउट भए । कुलदीप यादव १० रनमा अविजित रहे ।

गुजरात टाइटन्सका लागि लकी फर्गुसनले चार, मोहम्मद शामीले दुई, हार्दिक पाण्ड्या, राशिद खानले एक/एक विकेट लिए । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो ।

उसका लागि शुभमन गिलले उत्कृष्ट पारी खेले । उनले ४६ बलमा ६ चौका र चार छक्कासहित ८४ रन बनाए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३१, डेविड मिलरले अविजित २०, राहुल तेवटियाले १४ र विजय शंकरले १३ रनको योगदान दिए ।

दिल्लीका लागि मुस्तफिजुर रहमानले तीन, खलिल अहमदले दुई र कुलदीप यादवले एक विकेट लिए । यो जितसँगै गुजरात अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारका बाजुद दिल्ली चौथो स्थानमा छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!