
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा शनिबार दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उल्लेख गरेका हुन् ।

स्रोतका अनुसार दुई प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदान–प्रदान भएको थियो ।