हिपमत डटकम

सोमबार, चैत्र १४, २०७८ || 510  पटक पढिएको

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था भएपनि साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

साना दलहरुको मागलाई सम्बोधन गर्दै आयोगले ती दललाई जिल्लाको संगठन संरचना भएमा जिल्लागत विवरण समेत माग गरेको थियो । स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!