यतिबेला सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली बिवाद र आलोचनाको घेराबन्दि मा परेका छन । उनको जन्मदिनमा भएका गतिबिधिलाई लिएर सामाजिक संजालमा बिवाद उत्पन्न भएको हो । जसमा नेपालि कलाकारहरुले पनि आफ्नो धारणा व्यक्त गरिरहेका छन । यस्तैमा गायक शिव परियारले आफ्नो फेसबुकमा एक पोस्ट गर्दै यस्तो कार्यले नकारात्मक सन्देश नदिने लेखेका छन । हेर्नुस उनको पोस्ट जस्ताको त्यस्तै ।

https://www.facebook.com/Shivapariyarofficialpage/photos/a.599696950111134/2792694667478007/?type=3&theater

“सम्माननीय प्रधानमन्त्रि ज्यु जन्मदिनको हार्दिक मंगलमय शुभकामना! हजुरले यो केक काटिरहेको यो फोटो हेर्दा साह्रै चित्त दुखेको थियो ! तर यसरि आफ्नो देशको झन्डा ,नक्सा राखेर केक काट्ने प्रचलन अन्य देशमा पनि रहेको र यो कुनै नकारात्मक संदेश दिने खनालको नरहेको बुझेपछि तपाईप्रति अझ्झ सम्मान बढेर आएको छ ,तर मलाई लाग्छ म जस्तै आम नेपालीमाझ यो प्रचलन प्रति नकारात्मक सोचाई हुन सक्छ यस बिषय प्रति सम्माननीय प्रधान मन्त्रि ज्यु को ध्यान आकृष्ट हुन सकोस ,जनतामा नकारात्मक संदेश नफैलियोस भनि कामना गर्दछु ! खैर यो बिषय प्रतिको मेरो बुझाई गलत रहेको मनन गर्दै ,सफल कार्यकालको शुभकामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !” उनले अन्य देशमा पनि देशको झण्डा र नक्सालाई केक बनाएर काटिने प्रचलन रहेको बुझ्दा प्रधानमन्त्री प्रति अझै सम्मान गरेकोे कुरा व्यक्त गरेका छन । प्रधानमन्त्रीले हेलिकप्टरमा केक ढुवानि गरेकोे सँगै सार्बजनिज बिदा दिएको र केकमा ठूलो नेपालको नक्सा बनाईएको प्रति नेपालिहरुले सामाजिक सन्जालमा ओलिको चर्काे आलोचना गरेका हुन् ।

https://www.facebook.com/rekhathapa.net/photos/a.657835700949410/2749301925136100/?type=3&theater

यता आम नेपालिहरुले आलोचना गरेरहेको परिवेशमा नायिका रेखा थापाले भने आम नेपालिहरुको समर्थन गर्दै आलोचना गरेकी छन । उनले आफ्नो फेसबुकमा “नियतबस नहोला, लक्षण गतिलो छैन । छातिमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रीको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक कटाईको सन्देश बुझिएन ।” भन्दै प्रधानमन्त्रीको आलोचना गरेकी छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!