हिपमत डटकम

आइतबार, चैत्र ०६, २०७८ || 505  पटक पढिएको

चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित भएका छन्। उनि अनुबन्धित भए संगै निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टर मार्फत सार्वजनिक गरेको छ। चलचित्रमा उनि रागवको भूमिकामा देखिदै छन्।

चलचित्रमा अर्का नायक मनिष राउत ‘शमशेर’को भूमिकामा देखिने छन् l उनको एक्सन अवतर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ। चलचित्रको फस्टलुक हेर्दा दुई नायकहरु बीचको लडाई चलचित्रमा देखिने आकलन गर्न सकिन्छ।

एक्सन जनरामा बन्न लागेको चलचित्रलाइ एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो l

चलचित्रमा अभिनेत्री भने फाइनल भैसकेको छैन l हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् l चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको चलचित्रमा मनिष र गौरवको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। चलचित्रमा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!