हिपमत डटकम

बुधबार, चैत्र ०२, २०७८ || 605  पटक पढिएको

नेपाली कथानक चलचित्र समशेर निर्माण हुने भएको छ।

एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत समशेरको भूमिकामा देखिदै छन।

एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता राउत एक्सन शैलीमा देखिएका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ। चलचित्रमा सुमन थापा , सबिन शाक्य , रुपेश कार्की , रुपेश लामा , आशिस पराजुली लगायतका कलाकारको समेत अभिनय रहनेछ।

नायिका फाइनल हुन बाकी चलचित्रको छायांकन काठमाडौँ , दुबई , सोलुखुम्बु र ढोरपाटनमा हुनेछ। चलचित्रलाइ गौरी शंखर र बिकाश सिटौलाले खिच्नेछन।चलचित्र निर्माणमा सीबर्ड्स इंटरटेनमेंटले समेत सहकार्य गर्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!