हिपमत डटकम

मंगलबार, चैत्र ०१, २०७८ || 520  पटक पढिएको

काठमाडौँ। गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरियो। कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको थियो।

‘हराएको मुस्कान’ लोकार्पण तथा सम्मान समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो। सम्मान हुनेहरुमा स्व. तारानाथ शर्मा,विष्णु प्रभात,दिपक जंगम,कमल कोइराला,नवराज सुवेदी,कुन्ती मोक्तान,बलराम अर्याल,मनिषा कोइराला,उन्नति बोहोरा शिला,रमना श्रेष्ठ,बेन्जु सरोज श्रेष्ठ,डा.प्रकाश सायमी,डा.सुदिप श्रेष्ठ रहेका थिए।

‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरुबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरुको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो। कार्यक्रममा बोल्दै प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए। राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्यम आफै म पात्र भएर प्रस्तुत भएकी छिन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिका प्रति आफुले प्राउड गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रसंशा गरिन्। क्यान्सर रोगबाट पिडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताइन। लेखिका घिमिरे पनि क्यान्सरबाट पिडित भएकी थिइन्। उनले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पिडित हरुको उपचार गराई रहेकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!