हिपमत डटकम

सोमबार, फाल्गुण ३०, २०७८ || 787  पटक पढिएको

काठमाडौं। “सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ ।
फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव राखेका थिए ।

देशभरबाट १ सय ५० सहभागि रहेको कार्यशालामा बोल्दै माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने र त्यसकालागि सिपमा निखारपना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले फोटोग्राफरलाई एउटै ठाउँमा उभिएर व्यावसायीकतामा निखारपना ल्याउन फोटोपसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उठेर काम गर्ने बताए ।
वरिष्ठ फेशन फोटोग्राफर राजभाई सुवालले बदलिंदो डिजिटल दुनियाँमा फोटोग्राफरले चुनौतिको सामना गर्दै अगाडि बढ्ने हो भने संसारकै सबैभन्दा धेरै अवसर रहेको पेसामा फोटोग्राफि रहेको बताउँदै प्रविधिको साथमा आफुलाई पनि अपडेटमा राख्न फोटोग्राफरहरुलाई सुझाए ।

फाटोपसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले प्रविधि, सिप, र बजारीकरणको मुल मर्मलाई आत्मसाथ गर्दै देशभर रहेको फोटोग्राफरहरुलाई एकसाथ अगाडि बढाउने योजना सहित फाटोपसलले कार्यशाला गर्दै आईरहेको बताए ।
कार्यक्रममा वरिष्ठ माउन्टेन फोटोग्राफर जगदिश तिवारी र वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाललाई सम्मान गरिएको थियो । त्यसै गरि विश्व फोटोग्राफी दिवशको अवसरमा गरिएको कप्पल प्रोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उत्कृष्ट, सर्वोत्कृष्ट, विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । जसमा फोटोग्राफर विवेक श्रेष्ठले खिच्नुभएको जोडि फोटो विजयी भएको थियो ।

सो अवसरमा वरिष्ठ फोटोग्राफर रतनमान आँशु, नेपाल विडिङ फोटोग्राफि एशोशियसनका संयोजक बसन्त गौतम, काठमाडौंं फोटोग्राफि संघका अध्यक्ष दिगम्बर राजवंशी, फोटोग्राफर अमरेन्द्र श्रेष्ठ, फोटोग्राफर सहनवाज मोहम्मद (शवहिल), युशफ्ट टेक्नोलोजिका निर्देशक बुद्ध मान्नधर लगाएतले कार्यशालाको निरन्तरता आवश्यक रहेको सुझाउँदै भोलिका दिनमा थप परिस्कृत कार्यक्रमहरु फोटोग्राफरमाझ पस्किनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!