हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 576  पटक पढिएको

विराटनगर । नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका घरदैलो पुग्ने छन् ।

यो अभियानको विराटनगरमा एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस मोरंगले सुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कांग्रेस केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले सुभारम्भ गरे। विराटनगरको स्थानीय आशोक चौकमा आयोजना गरिएको सो कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी बुढाथोकीले कार्यकर्तामा जागरण आउनुको साथै आम मतादताको भावना बुझ्न र कांग्रेप्रतिको धारणामा परिर्वतन ल्याउन सकिने बताए । उनलेभने, निर्वाचनका लागि माहोल बनाउन कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने, ।

पुर्व अर्थमन्त्री महेश आचार्यले कांग्रेस यसपटक तंँग्रने प्रयासमा रहेको बताएका छन । उनले एमसीसीबारे विपक्षीले छरेका भ्रमको चिरफार कांग्रेसले मुख्य उद्देश्य राखेको बताए । उनलेभने,कांग्रेस र कम्युनिष्ट पार्टीबीचको भिन्नता आमनागरिकलाई बुझाउन अभियानले भूमिका निर्वाह गर्ने छ, । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित एक महिने अभियानमा कांग्रेसले ८ वटा घोषित उद्देश्य राखेको हो ।
जसअन्तर्गत निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने कार्यक्रम तयभएका छन ।

गत मंसिरमा १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठन विस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनको क्रममा तल्लो तहसम्म देखिएको विभाजनको मानसिकता अन्त्य पनि अभियानको उद्देश्यमा राखिएको छ ।

कांग्रेसलाई आगामी चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन सुदृढ गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको हो । मोरंग कांग्रेसका सभापती डिगबहादुर लिम्बुको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपसभापती नागेश कोईराला, भक्तीनाथ माझी, सचिब ललित श्रेष्ठ, मोदराज घिमिरे साथै मोरंगका ६ वटै क्षेत्रका क्षेत्रीय सभपाती तथा पार्टीका विभिन्न समितिका नेताहरुको सहभागिता थियो । कांग्रेस आईतबार नै मोरंगले कांग्रेस जिताउ अभियानको प्रचार प्रसार गर्ने उदेश्यले पत्रकार सम्मेलनको समेत आयोजना सम्पन्न गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!