आइतबार, फाल्गुण ११, २०७६ || 1192  पटक पढिएको

माेरङ काे रतुवामाई नगरपालिका ६ सुन्दावाटिका स्थित ओमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्य का साथ मंन्दिर काे ४४ अाै बार्षिकाेत्सव एवम् महाशिवरात्रि काे अवसरमा १० दिने शिव महापुराण एवम् धन धान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सम्पन्न भएको छ । गत साल देखि धार्मिक तथा पर्यटकिय स्थलका रुपमा बिकास गर्ने उदेश्य तथ चौरासी परिक्रमा (१०८ शिव लिङ) स्थापना ,चिल्ड्रेन पार्क निर्माण, सिमसार, स्विमिङ पुल , पिक्निक स्पोर्ट्स निर्माण कार्य का लागि साे पुराण काे अायाेजना गरिएको थियोे ।
साे शिवपुराणमा चाैरासि परिक्रमा निर्माणकार्य का लागि साे पुराणमा १४ लाख ५० हजार नगद चन्दा सङ्कलन भएको छ । कार्यक्रम काे प्रमुख अतिथि रतुवामाई नगरपालिका का मेयर रविन राई , समाज सेवि बलवहादुर बस्नेत , मंन्दिरका अध्यक्ष पुण्यप्रसाद खतिवडा , बबिन भन्डारी , बडा अध्यक्ष , लगायतको उपस्थिति समेत रहेको थियोे । मंन्दिरमा रहेको भान्सा घर निर्माणका लागि स्थानीय समाजसेवि बलवहादुर बस्नेत काे सहयोगमा निर्माण गरिएको छ । समापन कार्यक्रममा भुटिया ताजपुरिया, नारायणी भन्डारी , निर्मला गाैतम, जानुका देवि वस्नेत,मन्जु पाेख्रेल लागायत ८ जना मंन्दिर संस्थापक हरुलाई अभिनन्दन गर्नुका साथै समाजसेवी बलवहादुर बस्नेत लाई समेत मायाको चिनाे समेत बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!