हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 435  पटक पढिएको

काठमाडौं, २७ फागुन। नेपालका ब्युटिसियनहरुको ब्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि बिगत चार वर्षदेखि हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगिको खोजी सुरु भएको छ ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि.ले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् ।

चौथो ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गरिने पनि बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् ।

बिगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई बतृत्वकला, ब्यक्तित्व विकाश, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।

प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि सर्ट, फाईनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । बिजेता सहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि बिजेतालाई क्राउन, ट्रफी सहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निशुल्क फोटो शेसन, बिजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अबसर प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकाश तालिक केन्द्र रविभवन तथा विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!