हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 631  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओवादीको इशारामा चलिरहेको दाबी गरेका छन् । उनले अहिलेको राजनीतिक प्रणाली माओवादीले ल्याएको भन्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिका पनि माओवादीमा रहेको दाबी गरे ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरुको प्रश्नमा उनले देशमा माओवादीको एजेन्डा चलिरहेको तर्क गरे । गठबन्धन बनाउन आफूले महत्वपूर्ण भूमिका निभाएकाले कसैले भत्काउन नसक्ने बताए । उनले भने,‘आउँदो निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ एमसीसी पारित भएपछि गठबन्धन अझ बलियो भएको बताए ।

प्रचण्डले माओवादी अहिले पनि निर्णायक शक्ति भएको दाबी गरे । तीनै तहको चुनावमा पनि माओवादी निर्णायक शक्ति भएकाले देशको राजनीतिलाई चाहेको बाटोमा लान सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!