
युक्रेनसँगको वार्तामा केही प्रगति भएको रुसले दाबी गरेको छ ।

एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, रुसले युक्रेन सरकारलाई हटाउन नखोजेको पनि स्पष्ट पारेको छ ।
रुसले युक्रेनमा असैन्यीकरण र नाजीविहीनीकरणको उद्देश्यका साथ सैन्य कारवाही चलाएको बताइरहेको छ ।