हिपमत डटकम

बुधबार, फाल्गुण २५, २०७८ || 466  पटक पढिएको

एजेन्सी, बेइजिङ : चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्‍याएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्धीपमा भएको युद्धबाट चीन चिन्तित रहेको बताएको’ चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘संलग्न पक्षहरुको आवश्यकताको सन्दर्भमा चीनले फ्रान्स, जर्मनी र युरोपेली युनियनसँग सञ्चार र संयोजन गर्न र अन्तराष्ट्रिय समुदायसँग सक्रिय ढंगले काम गर्नेछ,’ मन्त्रालयले भनेको छ ।

संकटको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । विदेशमन्त्रालयका अनुसार शान्ति वार्ता प्रबद्र्धन गर्न दुई देशले बेइजिङसँग सञ्चार र संयोजन सुदृढ गर्न दुबै देश तयार रहेको सोल्ज र म्याँक्रोले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!