हिपमत डटकम

सोमबार, फाल्गुण २३, २०७८ || 623  पटक पढिएको

गायिका प्रीति कौरले नयाँ गीत ‘के को शान’ बजारमा ल्याएकी छिन्। आइतबार एक कार्यक्रमबीच गायिका कौरले ‘के को शान’ गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

‘के को शान’मा शब्द र कम्पोजिसन गायिका प्रीति कौर आफैंले गरेकी छिन् । गीतको मिक्सिङ विशेष पाण्डेले गरेका हुन् भने निर्मातामा पवन टाक्की कार्की छन्।

अभिषेक सुवेदीले निर्देशन गरेको भिडियोमा गायिका कौर र शिरिर शिवाकोटीले अभिनय गरेका छन्। मिडिया पोर्टले निर्माण गरेको भिडियो चेतनराज भण्डारीले खिचेका हुन् भने अर्जुन कार्कीले सम्पादन गरेका हुन्।

कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गरिन् । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताइन् । ‘करिब ६–७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भनिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!