हिपमत डटकम

सोमबार, फाल्गुण २३, २०७८ || 570  पटक पढिएको

काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ ।

डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले ले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा मा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन ।
पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई ,पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन , रुद्ध पाहिम , चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् ।

यस गीत तथा भिडियोलाई सम्पादन अनिल राना ले गरेका छन् यसै गरि क्यामेरा बुद्ध थापाले घुमाएका छन् ।

’सुपारी सुटुक्कै ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!