हिपमत डटकम

आइतबार, फाल्गुण २२, २०७८ || 652  पटक पढिएको

तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई स्थानीय तह निर्वाचनमा दलीय चुनाव चिन्ह लिनबाट बञ्चित गर्नु पूर्णतः अनुचित भएको बताएको छ । सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानमा राजनीतिक दलहरुले जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा वहिष्करण गर्न नहुने व्यवस्था भएको पनि स्मरण गराएका छन् ।

 

तर, सीमित दलले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली र राज्य व्यवस्थामा भाग लिन पाउने गरी गरिएको कुनै पनि व्यवस्था ‘स्थानीय तहमै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह जनताको बीचमा लग्न नपाउनु भनेको राजनीतिक दलको आधार खडा गर्नबाट जडोमा नै बलात् रोक्नु हो । अतएव, यस्ता त्रुटिपूर्ण कानून तत्काल समास गर्ने गरी कानूनी निकास प्रदान गर्न तराई (मधेश लोकतान्त्रिक पार्टी माग गर्दछ ।’, उनको विज्ञप्तिमा भनिएको छ ।

आयोगको निर्णय ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को २६ को (६० र ९७) बहुदलीय लोकतन्त्रको मान्य सिद्धान्तको विपरित मात्र नभई संविधानको भावना र मर्मको प्रतिकूल पनि भएको तमलोपाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!