हिपमत डटकम

आइतबार, फाल्गुण २२, २०७८ || 747  पटक पढिएको

बिराटनगर। २७ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘आकासे खेती’ को निर्माण युनिटले फिल्मको प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउन थालेको छ । फिल्म प्रचारका लागि निर्माण युनिटले फुटबल खेल समेत खेलेको छ ।

 

शनिबार बक्सअफिस मिडियाको आयोजनामा मन्डिकाटार स्थित फुटबल ग्राउण्डमा फिल्मका कलाकार तथा निर्माण युनिटले अर्को फिल्म ‘लप्पन छप्पन २’ युनिटसँग फुटबल गेम खेलेको हो । खेलमा ‘आकासे खेती’को तर्फबाट निर्देशक उदय सुब्बा, अभिनेता गौरव पहाडीलगायत सहभागी भएका थिए भने ‘लप्पन छप्पन २’का पनि कलाकार तथा निर्माण युनिट सहभागी थिए ।

‘मैत्रीपूर्ण फुटबलमा हामीले फिल्मको पोस्टर अङ्कित टिसर्ट समेत लगाएका थियौ’ निर्देशक सुब्बाले भने ‘फुटबल खेलको अलावा त्यहाँ उपस्थित दर्शकमाझ हामीले फिल्मको विभिन्न पक्षबारे जानकारी दियौ ।’ कार्यक्रममा बक्स अफिस मिडियाले फिल्मका निर्देशक सुब्बा सहित सहभागी दुवै तर्फका फिल्म युनिटलाई ‘मायाको चिनो’ समेत वितरण गरेको थियो ।

‘आकासे खेती’ युवाहरूको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको कथामा बनेको फिल्म हो । गौरव, विल्सन, बुद्धिका अलावा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा र शिशिर वाङ्देलको अभिनय फिल्ममा देख्न सकिन्छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् ।

कलाकार विल्सन बिक्रमको सम्बाद रहेको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किराँतीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ । फिल्मको निर्देशन उदय सुब्बाले गरेका हुन् । ‘लप्पन छप्पन २’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्ममा सौगात मल्ल, अर्पण थापा अनुप बिक्रम लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!