हिपमत डटकम

शुक्रबार, फाल्गुण २०, २०७८ || 486  पटक पढिएको

फिल्ममा आफूले पाएको जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्नका लागि चरित्र निर्माणमा पर्याप्त मेहेनत गर्ने कलाकारको रुपमा चिनिन्छन्, अर्पण थापा । चाहे सकारात्मक होस् वा नकारात्मक, हरेक प्रकारको भूमिकामा उनको अभिनयले दर्शकलाई बाँधेर राख्ने गरेको छ । ‘ब्लाइन्ड रक्स’, ‘वीर विक्रम’, ‘धन्दा’, ‘मौन’, ‘अनागत’ लगायतका फिल्ममा उनले बाँचेको चरित्र जीवन्त मानिन्छ ।

उनै, अर्पणले अभिनय गरेको नयाँ फिल्म ‘लप्पन छप्पन २’ यही शुक्रवार (फागुन २० गते) बाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको पहिलो श्रृंखलामा पनि उनको महत्त्वपूर्ण भूमिका थियो । उनी ‘लप्पन छप्पन’ ले जस्तै सिक्वेलले पनि आश बोकेको बताएका छन् । एक्सन जनराको हिसाबले फिल्म एक लेभलको बनेको उनको दाबी छ । आफ्नो लागि यो फिल्म आशलाग्दो रहेको उनले बताए ।

आफ्नो चरित्र निर्माणको बारेमा उनले भनेका छन्, ‘सिक्वेल भएकाले चरित्र निर्माणमा त्यति गाह्रो भएन किनभने यो अघिल्लो पार्टकै निरन्तरता हो । अघिल्लो पार्टमा जुन हिसाबले प्रस्तुत गरिएको थियो त्यसलाई क्यारेक्टरमा अलि ग्ल्यामर जोडेका हौं । कलरफूल बनाएका छौं । फिल्ममा म कमेडी भिलेनको भूमिकामा प्रस्तुत छु । पहिलाको भन्दा यसपटक मेरो क्यारेक्टर अझ रमाइलो छ ।’

‘लप्पन छप्पन २’ माथि निर्माताले गरेको लगानीलाई उनी ठूलो आँट मान्छन् । ‘कुनै फिल्म हिट वा फ्लप हुन्छ भनेर बनाइदैन । त्यो रिलिजपछिको कुरा हो । त्योभन्दा अगाडि सबैले कोशिश गर्ने हो । ‘लप्पन छप्पन २’ पनि एउटा कोशिश हो । यति ठूलो लगानीमा फिल्म बनाउनु आँटको कुरा हो । यसरी आँट गर्न थालियो भने नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो गर्नेछ,’ उनी सुनिए ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्ममा अर्पणका अलावा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय छ । पैसा र पावरको कथामा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!