हिपमत डटकम

शुक्रबार, फाल्गुण २०, २०७८ || 667  पटक पढिएको

काठमाण्डौ। बाध्यता र बिवसताको कारण परदेशिएका नेपाली मध्य एक नेपालीको मृत्युको खबर आफ्नो घर परिवार प्राप्तले गर्छन् र सबै आश मारेर बसेको अवस्थामा पुनः जीवित रहेको र घर फर्किने खबर प्राप्तले छाएको खुसि साथै फर्किसकेपछि आफ्नी प्रेमिका संग गीत संगीतको माधुर्यताबाट खुसि बाँडेको कथामा दोलखा जिल्लाका युवा कलाकार अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय “राजासाप” बोलको गीत सार्बजनिक भएको छ ।

माथि उल्लेखित गीतमा अशिम कुमार कटुवाल र देवी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुरज बुढाथोकीले भरेका हुन् भने शब्द बिनोद ढकालको रहेको छ । पिंडा पछिको खुसीमा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा महेन्द्र गौतम र अप्सरा कार्की लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

“राजासाप” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, कोरियोग्राफी आधुनिक राजले गरेका हुन् भने छायांकन प्रवेश पौडेल र सम्पादन इश्वर जङ्ग खड्काले गरेका छन् । गीतको मिठासतालाई थप गर्न कोरस भोकलको रुपमा सन्तोस सुनाम, भुपेन्द्र पुलामी, बसन्ती लामा र संगीता राईको पनि कर्णप्रिय स्वर मिश्रन रहेको छ ।

भिडियो ;-

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!