भारतले युद्धग्रस्त युक्रेनमा फसेका केही नेपाली नागरिकलाई सुरक्षित घर फर्काउने प्रक्रिया शुरू गरेको डब्ल्यूआईओएनका प्रमुख कूटनीतिक तथा रक्षा संवाददाता सिद्धान्त सिब्बलले जानकारी दिएका छन् ।

नेपालले भारत सरकारलाई यस विषयमा अनुरोध गरेपछि भारतले सकारात्मकता देखाएको डब्ल्यूआईओएनले खबर दिएको छ ।

अपरेसन गंगा नाम दिएर भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँका छिमेकी मुलुकहरू पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियाबाट उद्धार गराइरहेको छ ।

त्यसै सिलसिलामा नेपालीहरूलाई पनि भारतले उद्धार गर्ने भएको हो ।

यसअघि अफगानिस्तानमा तालिबानको विजयपछि विदेशी नागरिकहरू पलायन हुँदा भारतले त्यहाँ रहेका नेपालीहरूलाई उद्धार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!