हिपमत डटकम

बुधबार, फाल्गुण १८, २०७८ || 473  पटक पढिएको

चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।

तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा उपलब्ध गराएको छ । टिकटकको यो निर्णयलाई लिएर विश्वभरका प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

प्रविधि सम्बन्धी समाचार संस्था द भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडियो राख्न मिल्नेबारे जानकारी गराएका छन् । यो फिचरको सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् । यो निर्णयले विश्वभरका क्रिएटरलाई थप रचनात्मक बन्न भूमिका खेल्ने अपेक्षा कम्पनीले लिएको उनले जनाए ।

टिकटकमा सुरुमा १५ सेकेन्डको भिडियो अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्ड हुँदै तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने सुविधा थपिएको थियो । अन्य भिडियो सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने रणनीतिले टिकटकले भिडियो अवधि थप गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!