हिपमत डटकम

बुधबार, फाल्गुण १८, २०७८ || 644  पटक पढिएको

१७ फागुन, काठमाडौं । आज महाशिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाइदैछ । विश्वका हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथको मन्दिरमा शिवरात्रीको अवसरमा देश–बिदेशका लाखौं भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ ।

पशुपतिनाथ मात्र नभई देशभरका शिवालयहरुमा पनि आज भगवान शिवको पूजा आरधना गर्ने गरिन्छ । सबैले आफ्नो आस्था अनुसार शिवको आरधना गर्ने गर्दछन् भने कतिले गीत संगीतका भिडियोहरु समेत सार्वजनिक गरेका छन् । यस्तैमा भजन गायक मनिष रञ्जन बरालले पनि शिव महिमा सम्बन्धी भजन सार्वजनिक गरेका छन् ।

गायक बरालकै स्वर तथा संग्रीत रहेको भोले बाबा बोलको शिव भजन चर्चित गीतका्र सुन्दर पन्तले लेखेका हुन् । उक्त भजनमा राजन कार्कीले एरेन्जका साथ ध्वनी मिश्रण गरेकाछन् ।

शिवजीको रुपमा सरोज अधिकारीलाई देख्न सकिन्छ । भिडियोको छायांकन खगेन्द्र रिमाल र महेन्द्र थपलियाले गरेकाहुन् । गीतकार सुन्दर पन्तकै निर्देशन रहेको भिडियोलाई प्रेम राज लामिछानेले सम्पादन गरेकाहुन्।
भजनलाई मनिष रन्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!